बालबाटिका क्रीकेट कप: ब्राइट फ्युचर विजयी - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

बालबाटिका क्रीकेट कप: ब्राइट फ्युचर विजयी



बाैनिया,कैलाली ।
प्रथम प्रदेश स्तरिय बालबाटिका क्रिकेट लिग -२०७६ काे दाेस्राे दिनकाे पहिलो खेलमा ब्राइट फ्युचर विजयि भएको छ । कैलाली नेसनल टस जितेर पहिले फिल्डिङ्ग गर्दा ब्याटिङ गरेकाे ब्राइट फ्युचरले निर्धारित १५ ओभरमा ६ बिकेट गुमाउँदै ९१ रन जाेडेकाे थियाे । जसमा विशाल राेकायले २१ बलमा ३ चाैकाकाे मदतमा १९ रन बनाउदा पारस बि.कले १९ र दिपक शाहिले १४ रनको याेगदान गरेकाे थिय ।

बलिङ्ग तर्फ कैलाली नेसनल का दिपेस राेकायाले ३ ओभरमा १३ रन खर्चिदै ३ विकेट लियका थिए । ९२ रनको बिजयि लक्ष्य लियर मैदान उत्रेको कैलाली नेसनलले निर्धारित १५ ओभरमा ७ बिकेट गुमाउँदै ८९ रन मात्र जाेड्दा २ रनकाे हार व्यहाेर्न पुगेको हाे ।

कैलाली नेसनलका तनिस भण्डारीले ३४ बलमा ४ चाैकाकाे मदतमा २४ रन बनाउदा दिपेस राेकायाले १४ र मदन शाहीले १२ रनके याेगदान गरेका थिय । बलिङ्ग तर्फ ब्राइट फ्युचरका बिरेन्द्र सिह ले ह्याट्रिक सहित ३ ओभरमा ५ रन खर्चिदै ३ बिकेट लिदा बिरेन्द्र शाहीले समेत ३ बिकेटकाे याेगदान गरेका थिए ।

ह्याट्रिक सहित तीन बिकेट लिने ब्राइट फ्युचर का बिरेन्द्र सिंह म्यान अफ द म्याच घाेषित भए । यस्तै प्रतियोगिता अन्तरगत साेमबरकाे दाेस्राे खेलमा आज गणेश बाबा टिकापुर र बसन्त मुरारी माध्यमिक बिधालय बाैनिया भिड्दा दिनकाे अन्तिम खेलमा नाता एकेडेमी लम्कि र क्याम्ब्रिज स्कुल वलिया प्रतिस्पर्धा गर्नेछन् ।