बलदेव खनाल भारी मतले पराजित - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

बलदेव खनाल भारी मतले पराजित



काठमाडौं । नेकपा माओवादी केन्द्रका पदाधिकारीमध्ये उपमहासचिव चक्रपाणि खनाल कपिलवस्तुबाट चुनाव हारेका छन् ।

चक्रपाणिले यसअघि एमालेसँगको गठबन्धनबाट कपिलवस्तु १ मा चुनाव जितेर मन्त्री बनेका थिए ।

खनाल यस पटक कांग्रेससँगको गठबन्धन हुँदा भारी मतले पराजित भएका छन् ।मतगणनाको पछिल्लो परिणाम अनुसार खनाल करिब १४ हजार मतले पछाडि छ ।

उनलाई एमालेका बलराम अधिकारीले बताएका छन् । बलरामले ३० हजार ६५ मतका साथ अग्रता लिइरहँदा खनालले १६ हजार ११५ मत पाएका छन् ।

यस क्षेत्रमा सीके राउतको जनमत पार्टीका नरेन्द्र प्रसाद चौधरी ८ हजार ५४ मतका साथ तेस्रो स्थानमा छन् भने रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका राम मिलन थारुले ३५ सय ५३ मत पाएका छन् ।