बालकोटमा एमाले सचिवालय बैठक, उम्मेदवारबारे छलफल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बालकोटमा एमाले सचिवालय बैठक, उम्मेदवारबारे छलफल



उम्मेदवारबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओली निवासमा बैठक बस्न लागेको बताइएको छ ।

बैठकमा समानुपातिक बन्दसूचीमा रहेको उम्मेदवारको नाम सच्याउन तथा प्रत्यक्षतर्फको उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

बिहीवार दिउँसो ३ बजे अध्यक्ष निवास बालकोटमा बैठक बस्न लागेको हो । उम्मेदवार चयनका लागि यसअघिकै केन्द्रीय समिति बैठकले सचिवालयलाई जिम्मेवारी दिइसकेको छ ।

१६ असोजभित्र समानुपातिकको बन्दसूची सच्याउन दलहरूलाई निर्वाचन आयोगले समय दिएको छ । साथै, २३ असोजमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यतालिका छ ।