नेपालको राष्ट्रियता देखि एकता सम्म संचार माध्यमको भूमिका महत्वपुर्ण : खाण - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालको राष्ट्रियता देखि एकता सम्म संचार माध्यमको भूमिका महत्वपुर्ण : खाण



बुटवल, २० भदौ ।

पुर्वमन्त्रि बालकृष्ण खाणले नेपालको राष्टियता र अखण्डतालाईं बलियो बनाई सबै नेपालीलाई एकताबद्ध बनाउन सञ्चार माध्यमहरुकको भुमिका महत्वपुर्ण रहने बताएका छन् ।

तिलोत्तमा नगरपालिकाको मंगलापुरमा निर्माण हुन लागेको रेडियो नमस्ते र तिलोत्तमा उद्योग वाणिज्य संघका २  भवनको आज बिहान शिलान्यास गर्दै उनले नेपालको राष्टियताको संरक्षणका लागि हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली दृढ संकल्पित भएकाले उनीहरुको आत्मसम्मानमा कसैले चोट पुर्याउन नहुने नताए ।

अन्य स्थानका नेपालीको समस्यामा जस्तै भारतीय बाँध र सडकले डुवानमा पर्दा सुस्ता र मर्चवारबासीको पीडालाई पनि राज्य र सबै दल तथा नागरीकले समान रुपमा लिन सक्नुपर्ने उनले बताए ।

नेपाली काग्रेसका केन्द्रिय सदस्य समेत रहेका खाणले स्थानिय तहको निर्वाचन पछी मुलुक संबिधान कार्यान्वयनको दिसामा अघि बढीरहेको उल्लेख गर्दै प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनबबाट संबिधान पुर्ण कार्यानवयन भई मुलुक दीगो बिकास सहित समृद्धिमा अघि बढ्ने बताएका थिए ।

उनले ५ नम्वर प्रदेशको राजधानि ऐतिहासिक पुर्वाधार बिकास र सुगमताका दृष्टिकोणमा पनि बुटवल नै हुने बताए । बुद्ध जन्मस्थल लुम्विनी, देवदह र तिलोौराकोटको ऐतिहासिक महत्व र अन्तराष्ट्रिय बिमान स्थल, बुटवल भैरहवा ६ लैण्ड सडक सहितका पुर्वाधारले रुपन्देही बाहिर प्रदेशको राजधानि सम्भव नभएको पनि खाणले बताए ।

कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष खिम बहादुर हमालले आसपासको क्षेत्रलाई समेटेर बुटवललाई प्रदेशको राजधानि बनाउनुपर्ने बताएका थिए ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले रुपन्देहीको तिलोत्तमा क्षेत्रको आर्थिक बिकासका लागि संघले सबैसंग सहकार्य र पहल गर्दै आएको बताउदै यस क्षेत्रको मुख्य केनद्र तिलोत्तमा बनाउने बताए ।

रेडियो नमस्तेका कार्यबाहक अध्यक्ष अम्बु प्रसाद श्रेष्ठले सस्थाले सुरुका दिनमा रेडियो सञ्चालनमा ल्याएपनि अन्य सञ्चार माध्यमहरु पनि सञ्चालन गर्ने सस्थाको लक्ष्य र योजना रहेको बताएका थिए ।

तिलोत्तमा उद्योग वाणिज्य संघका महासचिव माधवलाल देवकोटाले रेडियो नमस्ते र संघको भवन एउटै स्थानमा बन्दा तिलोत्तमाको आर्थिकक र सामाजिक बिकाससंगै अघि बढने बिश्वास ब्यक्त गरे।