बाम गठवन्धन पहिलो चरणमा निर्वाचन सम्मका लागि:माओबादी नेता पुन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बाम गठवन्धन पहिलो चरणमा निर्वाचन सम्मका लागि:माओबादी नेता पुन



दाङ /कात्तिक ९ ।

नेकपा माओबादी केन्द्रका नेता गणेशमान पुनले बाम गठवन्धन पहिलो चरणमा निर्वाचन सम्मका लागि भएको बताएका छन् । रिपोटर्स क्लव नेपाल दाङ शाखाले दाङको तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता पुनले गठवन्धन निर्वाचनको समिक्षा गरेर पार्टी एकीकरणसम्म पु¥याउने लक्ष्य भने रहेको स्पष्ट पारे । जसका लागि पार्टी एकीकरण समन्वय समिति समेत गठन गरिएको बताएका छन् ।

उनले पार्टी एकीकरण गर्ने सम्वन्धमा समेत गृहकार्य भै रहेको भन्दै निर्वाचन पश्चात् अझै छलफललाई ब्यापक वनाउने बताए । पूर्वमन्त्री समेत रहेका पुनले वर्तमान सरकारले कुनै पनि हालतमा तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने बताए । वर्तमान सरकारले निर्वाचनलाई सार्ने योजना बनाएको भन्ने हल्ला चलेको भन्दै यदी निर्वाचन सारियो त्यो दुर्भाग्यपुर्ण हुने समेत ठोकुवा गरे ।

पहिलो चरणको निर्वाचन हुने जिल्लाहरुमा जनताको उत्साहपुर्ण सहभागितामा मनोनयन पत्र समेत दर्ता भै सकेको भन्दै यदी निर्वाचन सारिए जनताले आफँै सरकारलाई परास्त
पार्ने दाबी गरे । अर्को एक प्रशगमा बोल्दै पुर्व आपुर्ति मन्त्रि पुनले दाङ एयरपोर्ट संचालनका लागि आफू मन्त्री हुँदा इन्धन डिपो स्थापनाको काम वार्षिक कार्ययोजना तथा सरकारको नीति तथा कार्ययोजनामा राखेको भन्दै त्यसका लागि पहल गर्ने समेत स्पष्ट पारे ।

ईन्धन डिपो स्थापना भए प्लेन आउन सहज हुने समेत उनले बताए । त्यसैगरी, पुनले दाङलाई प्रदेश नम्वर ५ को राजधानी वनाउने प्रस्ताव आफनो पार्टीले गरेको भन्दै ५ नम्वर प्रदेशलाई नमुना प्रदेश बनाउनु पर्नेमा जोड समेत दिए ।