बम राख्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बम राख्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ



हिमाल पोष्ट / राजविराज, १९ मङ्सिर । जिल्ला प्रशासन कार्यालय सप्तरीमा बम राख्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

राजविराजस्थित जिल्ला प्रहरी कार्यलयमा आज आयोजित पत्रकार सम्मेलनमा सिराहाको गौरीपुर–५ बस्ने ५० वर्षीय नथुनी यादव र सप्तरीको प्रसवनी–७ घर भई हाल राजविराज–५ बस्ने ३० वर्षीय भवानीप्रसाद अरगरिया यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई शनिबार सप्तरीको मलेठ–५ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । सो बम काण्डमा उनीहरुको संलग्नता रहेको पुष्टी भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुविरुद्ध अवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक सता अगाडि जिल्ला प्रशासन कार्यालय अगाडि तीन लिटरको प्रेसर कुकर बम फेला परेको थियो ।
सो बम जयकृष्ण गोइत नेतृवको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले राखेको जनाएको थियो । रासस