बामदेव संगठन विभागमा पनि चिप्लने सङ्केत - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बामदेव संगठन विभागमा पनि चिप्लने सङ्केत



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमलाई पटक पटक पार्टी नेतृत्वले चिप्ल्याउँदै आएको छ । यस्तैमा पछिल्लो समय चर्चाको बिषय बनेको संगठन विभाग प्रमुखमा पनि उनि चिप्लिने छाँट देखिएको छ ।
बामदेव आफू भने पार्टीको संगठन विभाग पाउने निश्चित भएको दाबी गर्ने गरेका छन्। तर पार्टीले कुनै निर्णय गरेको छैन । पार्टीको अनौपचारिक बैठकमा उनको नाममा सहमति भएको खबर बाहिरिएपछि उनले यस्तो बताएका हुन् ।
नेकपाको सचिवालय कमिटीको बैठकबाट बाहिरिएका गौतमले बैठकका सम्बन्धमा संचारकर्मीले जिज्ञासा राखेपछि उनले संगठन विभाग आफ्नो लागि पक्का भएको  बताएका छन् ।
‘बैठकमा अपेक्षित सकारात्मक छलफल भएको छ। मैले संगठन विभाग पाउने पक्का छ,’ उनले भने। उनले संगठन विभागमा निर्णय नै भएको स्पस्ट भने पारेनन् ।
तर पार्टीका प्रवक्ता समेत रहेका नेता नारायणकाजी श्रेष्ठले भने पक्का नभएको गौतमलाई भ्रम मात्र लागेको बताएका छन् ।
उनि पहिले पनि चुनावको बिषयलाई लिएर बिबादमा तानिएका थिए । यहि बिबादको कारण उनि चुनाव लड्ने र सांसद बन्ने सपना तुहिएको थियो । यो पनि पार्टीकै नेतृत्वको चालबाजी भएको ब्यापक चर्चा भएको थियो ।
त्यो भन्दा पहिले बर्दियाबाट चुनाव हार्नुको कारण पनि पार्टीकै नेतृत्व भएको चर्चा थियो । यो थाहा पाएपछि उनको पार्टी अध्यक्ष केपी ओलीसँग राम्रो सम्बन्ध छैन ।
बैठकले ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ। यसका साथै जिल्ला कमिटीकै मान्यता पाएको ६ महानगरको इन्चार्ज र सहइन्चार्जको समेत टुंगो लगाएको छ। बैठक पर्सी मंगलबार १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी समापन भएको छ।