वामदेवले भने: म जस्तो नेता कोहि छैन ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

वामदेवले भने: म जस्तो नेता कोहि छैन !



देशैभरी वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद् छिर्ने रणनीतिमा लागेका छन्।

०६४ मा संविधानसभाको चुनाव हार्दा पनि गौतमलाई उपप्रधान तथा गृहमन्त्री बन्ने सौभाग्य प्राप्त भएको थियो।

वामदेव गौतम फेरि किन संसद् छिर्न खोज्दैछन् ? नेपाल साप्ताहिकमा प्रकाशित नेकपा नेता गौतमको संक्षिप्त अन्तर्वार्ताः

पार्टीले देशभर चुनाव जित्दा तपाईले हार्नुभयो। चुनावको ६ महिनामै संसद्मा आउने योजना बनेको हो ?
म हारेको होइन। सूर्य वा हँसिया हतौडामा मतदान गर्दा झुक्किएर ५ हजार मत बदर भए। त्यसैले प्राविधिक रुपमा कांग्रेसका संजय गौतमले जिते।

डोल्पाका सांसदलाई राजिनामा गर्न राजी गराउनु भयो ?
डोल्पा निश्चित भइसकेको छैन। मेरा लागि ठाउँ छाड्न एक दर्जन सांसद तयार छन्।

तपाईं संसद् नगई नहुने किन ?
संसद्लाई दिशा दिन सक्ने, सबैलाई मिलाएर हिँड्ने मजस्तो नेता को छ ? म ०५६ र ०६४ मा संसद् भईनँ। ती संसद् असफल भए। म भएका बेला ०४८, ०५१ र ०७० मा सफल भए।

०७० मा कांग्रेस एमाले, कांग्रेस र माओवादीलाई एक ठाउँमा ल्याएर संविधान बनाउन भूमिका खेलेँ।

तपाईं संसद्मा आउने प्रधानमन्त्री बन्न हो ?
म प्रधानमन्त्री र अध्यक्ष बन्न हँदैन भन्ने कहीँ छ ? मेरा सबै समकक्षी प्रधानमन्त्री भइसके। प्रचण्डले संसद्मै मैले अझै एकजनालाई प्रधानमन्त्री प्रस्ताव गर्न बाँकी छ भन्नुभयो।

केपी कमरेडले कयौं पटक अब बामदेवको पालो भन्नुभएको छ। तर, यो पाँच वर्ष सम्भावना छैन। एउटै प्रधानमन्त्रीले पूरै कार्यकाल चलाउने तय भइसकेको छ।

नेकपाभित्र प्रचण्ड र वामदेवको गुट बनिसकेको हो ?
अहिले केपी कमरेड र प्रचण्डको जस्तो दोस्ती अरु कसैको छैन। माधवजी दुबैलाई खुसी बनाएर खुसी हुनुहुन्छ। सबैलाई थाहा छ, म गुटबन्दी गर्दिन।

प्रचण्डसँग पुरानो दास्ती हो, पार्टी एकतापछि गाढा भयो। पूर्वएमालेसँग दोस्ती छँदैछ।