रोचक बन्दै बागमतीको मतगणना: बानियाँले लिए अग्रता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

रोचक बन्दै बागमतीको मतगणना: बानियाँले लिए अग्रता



हेटौडा । नेपाली कांग्रेस वागमती प्रदेशको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा रोचक प्रतिस्पर्धा देखिएको छ ।

पहिलो ५ सय मत गन्दा जगदीश्वरनरसिंह केसीले अग्रता लिएकोमा ७ सय मतको परिणाम आउँदा ईन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् ।

पछिल्लो परिणाम अनुसार बानियाँले ३ सय ६२ मत ल्याएका छन् । केसीको ३ सय ३३ मत आएको छ । बानियाँको अग्रता ३० मतको रहेको छ ।

यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो ।

पहिलो चरणमा तेस्रो भएका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।