अब बैंकहरू बिहान ८ देखि साँझ ६ बजेसम्म खुल्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब बैंकहरू बिहान ८ देखि साँझ ६ बजेसम्म खुल्ने



काठमाडौं । भोली असार १ गते सोमबारबाट बैंक तथा वित्तीय संस्था बिहान ८ बजेदेखि सांझा ६ बजेसम्म खुल्ने भएका छन् । राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरूले यस्तो सेवा सुरू गर्न लागेका हुन् ।

नेपाल राष्ट्र बैंक नियमन विभागले एक सूचना जारी गर्दै सोमबारबाट साविकको कार्यालय समय बमोजिम नै बैंक तथा वित्तीय संस्थाको सेवा सुचारु गर्न निर्देशन दिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाले बढी भिडभाड हुने कार्यालयहरु भने दुई सिफ्टमा सञ्चालन गर्न केन्द्रिय बैंकले निर्देशन दिएको छ ।

जेठ २८ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार असार १ गतेदेखि सेवाग्राहीको चापको मूल्यांकन गरी बढी भिडभाड हुने ठाउँमा आवश्यकता अनुसार सिफ्ट वाइज वर्कको व्यवस्था गरी बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा प्रदान गर्ने सुनिश्चितता गर्नुपर्ने राष्ट्र बैंकको सुचनामा उल्लेख छ ।

यस्तै सेवाग्राहीको भिडभाड नहुने गरी लामबद्ध हुने गरी सेवा प्रदान गर्नुपर्ने तथा सेवाप्रवाह गर्दा प्रत्यक्ष सम्पर्कमा रहने कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु अनिवार्य रुपमा अवलम्बन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई थप प्रोत्साहन गर्ने नीति लिन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सोमबारबाट कुन-कुन शाखामा दुई सिफ्टमा सेवा प्रदान गर्ने बैंकहरुले नै सुचना निकालेर जानकारी गराउने राष्ट्र बैंकले जनाएको छ ।