नकआउट चरणमा बार्सिलोना - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नकआउट चरणमा बार्सिलोना



एजेन्सी- स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले पारजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लुईस स्वारेज, लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले समान एक–एक गोल गरे । उता डर्टमण्डका लागि जोडान सान्चोले एक गोल फर्काए ।

खेलको २९ औँ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको चार मिनेट पछि मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

खेलको ६७ औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई जिततर्फ लिए । यता डर्टमण्डका लागि सान्चोले खेलको ७७ औँ मिनेटमा एक गोल फर्काएका थिए ।

जितसँगै बार्सिलोनाले नकआउट चरणमा स्थान बनाएको छ । पराजित डर्टमण्ड र इन्टर मिलानको भने समान सात–सात अंक छ ।