एसपीपीबारे जवाफ दिनबाट किन भाग्दैछन् देउवा ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एसपीपीबारे जवाफ दिनबाट किन भाग्दैछन् देउवा ?



काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित विषय स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे संसदीय समितिको छलफलमा सहभागी नहुने प्रयास गरेका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार प्रधानमन्त्री देउवालाई एसपीपीबारे छलफल गर्न बैठकमा बोलाएको थियो । तर, प्रधानमन्त्री देउवा विभिन्न कारण देखाउँदै बैठकममा सहभागी भएनन् ।

समितिले मिति तय भइनसकेको अमेरिका भ्रमण र एसपीपी सम्झौतालाई लिएर छलफलका लागि बोलाए पनि प्रधानमन्त्री नभएपछि समितिले छलफलका लागि प्रधानमन्त्रीलाई पुनः बोलाएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुपर्ने भएपछि संसद छल्दै हिनेका प्रधानमन्त्री देउवाले संसदीय समिति पनि छल्ने प्रयास गरेका हुन् ।

आइतबारको छलफलमा सहभागी हुन पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समितिको कार्यालय सिंहदरबार पुगेका थिए । तर, प्रधानमन्त्री नआएका कारण बैठक बस्ने सकेन ।

समितिले शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई छलफल गरेको थियो ।