भारु पाँच सयको मूल्य अढाइ सय मात्र - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भारु पाँच सयको मूल्य अढाइ सय मात्र



हिमाल पोस्ट / मंसिर, काठमाडौं । भारत सरकारले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएपछि सीमाक्षेत्रमा पाँच सय रुपैयाँका नोट दुई सय पचासदेखि तीन सयसम्ममा बिक्री हुन थालेका छन् ।

महोत्तरीको भिठ्ठामोड नाकामा भारु सटही गर्नेहरुले पाँच सयको नोट लिएर त्यसको आधा रकम दिने गरेका छन् ।

रकम नसाटिने डरले नेपालीहरुले आधा दाममा पनि भार साटिँदा राहत भएको स्थानीय ललन झाले बताएको आजको अन्नपूर्णमा समाचार छ ।

उनले सात हजार भारु आधा दाममा साटेका थिए । सीमाक्षेत्रका सटही कारोबारीले भारतीय बैंकहरुमा लामो लाइन बसी रकम रकम खुद्रा गरी ल्याई त्यसलाई दोब्बर फइदा लिई बिक्री गर्ने गरेका छन्