मेक्सिकोमा ठुलो भूकम्प - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मेक्सिकोमा ठुलो भूकम्प



एजेन्सी- शुक्रबार बिहानै दक्षिणी मेक्सिकोमा ठुलो भूकम्प गएको छ ।

त्यहाँका सञ्चारमाध्यमका अनुसार ५ दशमलब ६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।

भूकम्पका कारण भएको क्षतिको विवरण भने आएको छैन । अमेरिकी जुओलोजिकल सर्भेले भने भूकम्प ५ दशमलब ३ म्याग्निच्युडको भएको जनाएको छ ।

ओआक्साका क्षेत्रमा केही परकम्पपनि महसुस गरिएको छ । सन् २०१८ र २०१७मा पनि मेक्सिकोमा ठूला भूकम्प महसुस गरिएको थियो ।

त्यतिबेला १ दशमलब ३ मिलियन घरमा बत्ती समेत अवरुद्ध भएको थियो ।