प्रचण्डको गृहक्षेत्रमा विक्रम पाण्डेको हमला - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डको गृहक्षेत्रमा विक्रम पाण्डेको हमला



चितवन- आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन्।

उनले दुई हजार तीन सय ५६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले दुई हजार तीन सय ४९ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी दुई हजार दुई सय १४ मत प्राप्त गरेका छन् ।

नौ हजार छ सय ४० मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले दुई हजार ७८ मत प्राप्त गरेकी छिन् ।