शंकर पोखरेलको सपना चकनाचुर: सांसद वली माओवादीमा प्रवेश - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

शंकर पोखरेलको सपना चकनाचुर: सांसद वली माओवादीमा प्रवेश



काठमाडौं- लुम्बिनी प्रदेश सांसद विमला वली माओवादीमा प्रवेश गरेकी छिन् । ओली माओवादीमा प्रवेश गरेपछि लुम्बिनी प्रदेशको राजनीतिमा तरङ्ग उत्पन्न भएको छ ।

एकल पार्टीको बहुमतमा सरकार बनाउने दाउ कसेर मुख्यमन्त्री पदबाट राजिनामा दिएका शंकर पोखरेल पनि वली माओवादीमा प्रवेश गरेपछि हिस्स परेका छन् । वली माओवादीमा प्रवेश गरेपछि पोखरेलको बहुमत गुमेको छ।

विमला वलीले दाङबाट प्रदेशसभा ३ (ख)बाट नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । माओवादी र एमाले विभाजित भएपछि उनी कता लाग्ने टुंगो नलाग्दै एमालेले उनलाई समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो ।

तर वलीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ ।