गगन थापाविरुद्ध लाग्दैछन् विमलेन्द्र निधि - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गगन थापाविरुद्ध लाग्दैछन् विमलेन्द्र निधि



काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा महामन्त्री गगन थापालाई समर्थन नगर्ने भएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो समर्थन गर्ने भएका छन्।

यसअघि कांग्रेस महाधिवेशनमा पनि संस्थापन इतर समूहलाई अन्तिममा धोका दिएका निधि संसदीय दलको निर्वाचनमा गगन थापाविरुद्ध लाग्ने भएका छन् ।

समानुपातिकतर्फ उम्मेदवार रहेका निधिले पार्टी सभापति देउवा संसदीय दलको नेताका लागि इच्छुक रहेको हुनाले अन्य कुनै नेतालाई समर्थन गर्न नसक्ने बताएका छन्। निधिका अनुसार सभापति देउवा संसदीय दलको नेताका लागि तयारीमा रहेका छन्।

पार्टीमा गगन थापा प्रधानमन्त्रीका लागि तयारी गरेपछि उनलाई घेराबन्दी गर्ने योजना अन्तर्गत निधिले देउवासँग भेटेर छलफल गरिसकेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा गगन थापालाई रोक्नेगरी छलफल गरिएको बताइएको छ

उनले पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए। त्यसपछि उनले एकाएक देउवालाई समर्थन गर्ने बताउन थालेका छन् । उवाबाहेक अरूलाई सहयोग गर्न नसक्ने उनको योजना छन्। उनले शेरबहादुर देउवालाई संसदीय दलको नेता बनाउने मेरो पनि कर्तब्य भएको समेत बताएका छन्।

त्यतिमात्र होइन निधिले अबको प्रधानमन्त्रीमा समेत देउवालाई समर्थन गर्ने भएका छन् । गठबन्धनको नेतृत्व गरिरहेकोले संसदीय दलको नेता देउवा नै हुनुपर्ने निधिको तर्क छ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एकपटकका लागि प्रधानमन्त्री बन्ने चाहना व्यक्त गरेका छन्। त्यसका लागि उनले संसदीय दलको नेता बन्ने तयारीसमेत थालिसकेका छन्। तर, पौडेललाई संसदीय दलको नेता बन्न देउवाको समर्थनविना सम्भव छैन।