त्रिभुवन विमानस्थलमा दुई विमान ठोक्किए - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

त्रिभुवन विमानस्थलमा दुई विमान ठोक्किए



काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई विमान ठोक्किएका छन् । ग्राउण्ड ह्याण्डलिङ गर्नेक्रममा विमान एकापसमा ठोक्किएको बताइएको छ ।

श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ ।

विमानस्थाल कर्मचारीका अनुसार श्री एयरलाइन्सको लापरर्वाहीका कारण यति एयरलाइन्सको विमानमा ठोक्किन पुगेको बताइएको छ ।

अहिले नेपाल नागरिक उड्डयन प्राधिकरण र दुबै कम्पनीका अधिकारीहरुले जहाजको निरीक्षण गरेका छन् ।
जहाजमा सामान्य क्षति भएको छ ।