बीना मगर ३ हजार मतले अगाडी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बीना मगर ३ हजार मतले अगाडी



काठमाडौं ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनको अग्रता बढ्दै गएको छ । शनिबार बिहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार प्रतिनिधिसभा तर्फ कम्युनिष्ट गठबन्धनले नेपाली कांग्रेसलाई तीन हजारभन्दा बढी मत अन्तरले पछि पारेको छ ।

उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि चुनावी मैदानमा रहेकी नेकपा माओवादी नेतृ बीना मगरले छ हजार ५९ मत ल्याएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी दिवानसिँह विष्टले तीन हजार २७ मत प्राप्त गरेका छन् ।

कञ्चनपुर क्षेत्र नम्बर २ मा कांग्रेसका एनपी साउद दुई हजार बढी मतले पछि परेका छन् । उनलाई नेकपा एमालेका नरबहादुर धामीले दुई हजार ३१८ मतले पछि पारेका हुन् । पछिल्लो मत परिणाम अनुसार साउदले चार हजार ६४५ मत ल्याउँदा धामीले सात हजार ६३ मतले अग्रता लिएका छन् ।