बिनोद चौधरी पनि किर्तेमा फसे, १४ करोड झ्याम ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बिनोद चौधरी पनि किर्तेमा फसे, १४ करोड झ्याम !



काठमाडौँ–सीजी इलेक्ट्रोनिक्सले किर्ते बीमा दाबी गरी भुक्तानी लिएको प्रमाणित भएपछि यो विषयमा नयाँ मोड आएको हो ।

अब किर्ते बीमा दाबी गरी भुक्तानी दिने युनाइटेड इन्सुरेन्स सर्वोच्च अदालत पुगेको छ । ‘फायर पोर्टफोलियो’ रोकिने डरले युनाइटेड इन्सुरेन्स सवोच्च पुगेको हो । ‘फायर पोर्टफोलियो’ लाई अग्नि बीमा कारोबार भनिन्छ ।

युनाइटेड इन्सुरेन्सले आइतबार (चैत १८) गते सर्वोच्चमा ‘अग्नि बीमा कारोबार नरोकियोस्’ भनेर मुद्दा दायर गरेको युनाइटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले बताए ।

उनले ‘फायर फोर्टफोलियो रोकिन’ सक्ने भन्दै सर्वोच्च पुगेको जनाए ।

उनले भने, ‘हामीलाई २४ करोड फिर्ता चाहिँदैन भन्ने आशयको अफवाह फैलाइएको छ । तर, बढी बीमा दाबी भुक्तानी गरेको कारण फायर पोर्टफोलियो रोकिएला भनेर हामी न्यायको लागि सर्वोच्च पुगेका हौँ । हामीले २४ करोड चाहिँदैन भनेका छैनौँ ।’ बीमा समिति र उच्च अदालतको निर्णयले कम्पनीलाई नोक्सानी हुने भन्दै सर्वोच्च पुगेको उनको भनाई छ ।

गत हप्ता उच्च अदालत पाटनले सीजीले बीमा दाबीमा किर्ते गरेको भन्दै सीजी इलनोक्ट्रोनिक्सलाई भरपाई गराएको २४ करोड रुपैयाँ असुल्न बीमा समितिलाई निर्देशन दिएको थियो । त्यसपछि युनाइटेड इन्सुरेन्स सर्वोच्च पुगेको हो । यो प्रकरणले युनाइटेड इन्सुरेन्स थप विवादमा तानिएको छ ।

उच्च अदालतको फैसला चित्त नबुझेको अवस्थामा सर्वोच्च जान सक्ने अधिकार रहन्छ ।

युनाइटेड इन्सुरेन्स र सीजी आफ्नो कम्पनीले गलत दाबी भुक्तानी गरेको मान्न तयार छैनन् ।

सतुङ्गलमा रहेको सीजी इलेक्ट्रोनिक्सले बीमा दाबीमा किर्ते गरेको प्रमाणित भएपछि यसले बीमा बजारमा नयाँ तरंग ल्याएको छ ।

सीजी इलेक्ट्रोनिक्स चौधरी ग्रुप मातहत रहेको छ । यसका मालिक काँग्रेसबाट समानुपातिक सांसद बनेका विनोद चौधरी हुन् । उनी फोर्ब्सको अर्बपतिको सूचिमा पनि छन् ।

२०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि  सर्भेयर र अण्डराइटरले अग्नि बीमा अन्र्तगत ५८ करोड क्षति भएको प्रमाणित गरेका थिए ।

युनाईटेड इन्सुरेन्सले चौधरी समूहका तीन कम्पनीलाई दिएको बीमा दावी त्यसबेला हालसम्मकै ठूलो भएको बताएको थियो ।

कम्पनीले नेपालको इतिहासमै सबैभन्दा ठुलो दावी ५८ करोड ९७ लाख ७० हजार ६ सय ३२ रुपैयाँको चेक बिमित सिजी इम्पेक्स प्रा.लि., इओएल प्रा..लि. र सिजी इलेक्ट्रोनिक्स कम्पनीका तर्फबाट प्रतिनिधि नरोत्तमकुमार मेहतालाई प्रदान गरेको थियो ।

दावी भुक्तानीको चेक यूनाइटेड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायमाझीले प्रदान गरेका थिए । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरबाट रिटायर्ड भएपछि रायमाझी युनाईटेड इन्सुरेन्समा सिईओको जिम्मेवारी लिन गएका थिए ।

सोही अनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो ।

तर, अहिले अदालतले बीमा समितिको निर्णयलाई नै सदर गरिदिएपछि सिजलिे किर्ते गरेको प्रमाणित भएको छ ।

सेयर होल्डरको लगानीमा संस्थापकले रजाई गरेको भन्ने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियामक बीमा समितिलाई छानबिन गर्न आदेश दिएको थियो ।

अख्तियारको आदेश पालना गर्दै तीन सदस्यीय छानबीन टोली समेत गठन गरेर बीमा समितिले छानबिन गरेको थियो । समितिको छानबिनबाट पनि ३४ करोडको मात्र क्षति भएको देखिएको थियो ।

आफै बीमा दाबी गर्ने र आफै बीमा भुक्तानी गर्ने अर्थात बीमा दाबी गर्ने सीजी इम्पेक्स, इओए र सीजी इलेक्ट्रोनिक्स विनोद चौधरीले नेत्ृात्व गरेको चौधरी समूहको पूर्ण स्वामित्वको कम्पनी हुन् । दाबी भुक्तानी दिने युनाइटेड इन्सुरेन्स चौधरीको झण्डै २७ प्रतिशत सेयर छ ।

विद्यूतिय सर्ट सर्किट भई भएको आगोलागीमा ठूलो नोक्सानी भएको दावी चौधरी समुहले गर्दै आएको थियो ।

एकै परिवारको एउटा कम्पनीले दावी माग्ने र अर्कोले भुक्तानी दिने भएपछि यो विषय लामो समयसम्म बीमा समितिमा पेन्डिङमा बसेको थियो ।

एकै घरानाका दुई कम्पनीबीच बीमा दाबी र भुक्तानी गर्दा उसले नेपाली सर्भेयर नै खटाएर गलत सर्वेक्षण गरेको भन्दै सर्वेक्षक र अण्डरराइटरलाई  ३–३ हजार जरिवाना  समेत भएको थियो ।

नेपाली सर्भे कम्पनी टिसा इन्जिनियरिङ्ग कन्सल्टेन्सीका सूर्यप्रसाद जोशी र नेपाल क्लेम्स ब्युरोका राजन थापाले संयुक्त रुपमा सर्भे गरेका थिए ।

बीमा समितिमै युनाइटेडको विरुद्धमा सिजीले उजुरी समेत हालेको थियो ।

यस्तै अर्को एउटा विवादास्पद मुद्दामा एभरेष्ट र प्राइम इन्सुरेन्सबाट राजेन्द्र खेतानले अध्यक्ष छाड्नु परेको थियो ।

खेतानको कम्पनी मायोजमा आगलागी भएको, खेतानकै अर्को कम्पनी एभरेष्ट इन्सुरेन्सले अग्नी बीमा चार करोडभन्दा बढीको दावी भुक्तानी गरेको थियो ।

सर्भेयरको प्रतिवेदन नआई दावी भुक्तानी गरेपछि बीमा समितिले एभरेष्टलाई अहिलेसम्म अग्नी बीमा कारोवारमा रोक लगाएको थियो ।

खेतान र चौधरीको अग्नी बीमासम्वन्धि यही विवादका बीमा समितिले एकै घरानाका दुई कम्पनीबीच बीमा गर्न प्रतिवन्ध समेत लगाएको थियो । पत्रपत्रिका