विष्णु पौडेलको क्षेत्रमा कसरी थपियो बन्द पेटिकामा फर्जी मतपत्र ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

विष्णु पौडेलको क्षेत्रमा कसरी थपियो बन्द पेटिकामा फर्जी मतपत्र ?



रुपन्देही क्षेत्र नम्बर २ मा मतगणना बिहानैदेखि रोकिएको छ । मतपेटिकामा बढी मत भेटिएपछि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन ।

मतदान केन्द्रमा बनाइएको मुचुल्कामा भन्दा पेटीकामा ३४ वटा बढी मतपत्र भटिए विवाद बढेको थियो । त्यसपछि मतगणना रोकिएको छ ।

सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले मुचुल्काभन्दा मतगणनामा ३४ मत कसरी बढी भेटियो भन्दै आयोगलाई प्रश्न गरेका छन् । तर आयोग भने यसमा मौन छ ।

सुरुदेखि नै रक्षात्मक देखिएका विष्णु पौडेलले आयोगका कर्मचारी मिलाएर मतपत्र थपेको आरोप विपक्षीले लगाएका छन् । उक्त क्षेत्रका निर्वाचन अधिकृत रहेका उदविर नेपाली एमालेकै कार्यकर्ता भएको पहिले नै खुलिसकेको छ । उनलाई विष्णु पौडेलले नै रुपन्देहीको आफ्नो क्षेत्रमा ल्याएको चर्चा छ ।

बिहानैबाट रोकिएको मतगणना कार्य सुचारु गराउने प्रयास भइरहेपनि सहमति हुन सकेको छैन । मतपेटिकामा मुचुल्कामा भन्दा ३४ थान मतपत्र बढी देखिएपछि रास्वपाका प्रतिनिधि तथा गठबन्धनका प्रतिनिधिहरुले मतदान स्थगित गर्न माग गर्दै धर्ना बसेका थिए ।

उनीहरु मतगणना छाडेर धर्ना बसेपछि रोकिएको मतगणना अहिलेसम्म सुरु भएको छैन ।

मतगणना ढिलाई गर्नु, दलका एजेन्टलाई समेत प्रवेश गर्न नदिनु जस्ता घटनाले निर्वाचन आयोगमाथि नै शंका उत्पन्न भएको विपक्षीले बताएका छन् ।

यहाँ एमाले नेता विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।