सगुन तथा उपहार पनि दिने पैसा नभय पछी चेक ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सगुन तथा उपहार पनि दिने पैसा नभय पछी चेक !



हिमाल पोस्ट / मंसिर, काठमाडौं । भारतले भार पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर सीमावर्ती वीरगन्जमा भइरहेको वैवाहिक कार्यक्रममा पनि परेको छ ।

अहिले विरगन्जमा वैवाहिक समारोहमा दानदक्षिण, सगुन तथा उपहार, दाइजो समेत बेहुली पक्षले चेक दिन थालेका आजको अन्नपूर्णमा समाचार छ ।

बुधबार वीरगन्जको होटल सुरजमा आयोजित वैवाहिक टीकाटालो समारोहमा भारत झारखण्डका बेहुली पक्षले बेहुलालाई ‘सगुन’ को रकमवापत चेक दिए ।

डा. प्राची यादव र वीरगन्ज मनियारीका डा. नीरज यादववीचको टीकाटालोमा देखिएको दृश्य हो यो ।

समारोहमाबेहुली प्राचीका बुबा डा. सुरेन्द्र यादवले नगद रकम नभएका कारण बेहुलालाई सगुनबापत २१ हजार भारुको चेक दिए । उनले पुरोहितलाई दक्षिणास्वरुप चेक दै दिए ।