भोलि अर्घाखाँचीको आन्दोलनमा टोपबहादुर र चन्द्र जाने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भोलि अर्घाखाँचीको आन्दोलनमा टोपबहादुर र चन्द्र जाने



हिमाल पोष्ट / २४  मंसिर ,अर्घाखाँची । भोलि (माओबादी)केन्द्र का नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारी अर्घाखाँचीको आन्दोलन संमोधन गर्न आउने  संयुक्त संघर्ष समितिका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल  मुस्कानले पत्रकार सम्मेलनमा जानकारी दिए ।

जिल्लालाई पाँच नम्बर प्रदेशबाट चार नम्बरमा सार्ने प्रस्तावको विरोधमा अर्घाखाँचीबासीले मंसिर २५ र २६ गते जिल्ला बन्दको आह्वान गरेका छन् ।

संयुक्त संघर्ष समिति अर्घाखाँचीमा शुक्रवार साँझ ६ बजे गरेको पत्रकार सम्मेलनबाट आगामी दिनमा गरिने थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

सबै दलहरुको सर्वसम्मतमा निर्णयहरु सार्वजनिक गरिएको हो ।  मंसिर २५ र २६ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म आमहड्तालसहित बन्द हुने भएको हो ।

बन्दमा  शैक्षिक संस्थालाई शान्ति क्षेत्र घोषणा गरेकाले खोल्न पाइने संयुक्त संघर्ष समितिका अध्यक्ष  मुस्कानले पत्रकार सम्मेलनमा जानकारी दिए ।

२५ गते नै युवाहरुको अगुवाइमा बिहान १ बजेदेखि सिठ्ठी जुलुस र २६ गते पनि सोही समयमा महिलाहरुको अगुवाइमा थाल जुलुस गर्ने निर्णय भएको छ । मंसिर २७ ,२८ र २९ गते जिल्लामा धेरैजसोको कुलपूजा हुने भएकोले कुनै आन्दोलनका कार्यक्रम राखिएको छैन ।

त्यस्तै मंसिर २९ गते साँझ सन्धिखर्कमा प्रभावकारी रुपमा मसाल जुलुस गर्ने, ३० गतेदेखि पुस ६ गतेसम्म शैक्षिक संस्था बाहेक आमहड्ताल सहित बन्द गरिने निर्णय को छ ।