अमेरिका जस्तै ब्राजिलमा बेहाल: एकैदिन झण्डै २० हजार संक्रमित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमेरिका जस्तै ब्राजिलमा बेहाल: एकैदिन झण्डै २० हजार संक्रमित



काठमाडौं- दक्षिण अमेरिकी देश ब्राजिल कोरोना भाइरस महामारीको नयाँ इपिसेन्टर बन्दै गएको छ।

कोरोना भाइरसलाई सामान्य रुपमा लिँदै आएका राष्ट्रपति जायर बोल्सोनारोले मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरसको उपाचारमा प्रयोग गर्न सुझाएका छन् ।

सोही दिन ब्राजिलमा कोरोना भाइरसको संक्रमण दैनिक अहिलेसम्मकै धेरै देखिएको हो।

हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरसको उपचार गर्ने प्रमाण नभेटिएको र यसबाट मुटुमा समस्या हुनु सक्ने वैज्ञानिकहरुले बताएका छन् । तर बोल्सोनारोले त्यसलाई बेवास्ता गरेर औषधिलाई स्वीकृति दिएका हुन् ।

उनले त्यसक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो औषधि खाएको र त्यसले कुनै पनि नराम्रो नगरेको कुरा उदहारणको रुपमा प्रस्तुत गरे ट्रम्पले कोरोना भाइरसबाट जोगिन मास्क लगाएका छैनन्, तर वैज्ञानिकले प्रमाणित नगरेको तथा स्वास्थ्य विज्ञले चेतावनी दिएको औषधि हाइड्रोक्सिक्लोरोक्वीन भने कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भन्दै आएका छन् ।

ब्राजिलमा बुधबार एकै दिन झण्डै २० हजार नयाँ संक्रमित थपिएका छन् । त्यहाँ बुधबार १९ हजार ९५१ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या दुई लाख ९१ हजार ५७९ पुगेको छ । योसँगै ब्राजिल विश्वमा सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा तेस्रो स्थानमा पुगेको छ ।

यस्तै बुधबार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८८८ रह्यो । योसँगै ब्राजिलमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १८ हजार ८५९ पुगेको छ ।

कोरोना भाइरसका संक्रमितहरुको संख्या तीव्र गतिमा थपिँदै गएपछि ब्राजिलको स्वास्थ्य सेवा ठूलो दबाबमा परेको छ । क्षमता भन्दा धेरै सेवाको माग भएका कारण समस्या भएको र केही दिनमै स्वास्थ्य सेवा कोल्याप्स हुन सक्ने चेतावनी पनि आइरहेका छन् ।

ब्राजिलमा भन्दै धेरै संक्रमित रुस र अमेरिकामा मात्रै छन् । रुसमा तीन लाख ८ हजार तथा अमेरिकामा १५ लाख ५० हजार भन्दा धेरै संक्रमित रहेका छन् ।