ब्राजिलको गोललाई रेफ्रीले मान्यता दिएनन्, अर्जेन्टिना बन्यो विजेता - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

ब्राजिलको गोललाई रेफ्रीले मान्यता दिएनन्, अर्जेन्टिना बन्यो विजेता



काठमाडौं । कोपा अमेरिका फुटबलको फाइनलमा ब्राजिलले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् ।खेलको ५२ औँ मिनेटमा ब्राजिलका लागि रिचार्लिसनले गोल गरेका थिए ।

लगत्तै लाइन्समेनले सो गोलले मान्यता नपाउने बताएपछि ब्राजिल बराबरी गर्न चुक्यो । त्यसपछि पनि रिचार्लिसनले कडा प्रहार गरेका थिए । तर अर्जेन्टिना गोलरक्षक मार्टिनेजले सो प्रहार रोकेपछि गोल हुन सकेन ।

दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ ।ब्राजिलको रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना रंगशालामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको हो ।

योसँगै विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय उपाधि खडेरी पनि तोडिएको छ । अर्जेन्टिनाको जितमा एंगेल डी मारियाको गोल निर्णायक बनेको छ । खेलको २३ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् ।