काम नगरेपछि नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने तयारी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

काम नगरेपछि नारायणगढ–बुटवल सडकको ठेक्का तोड्ने तयारी



नारायणगढ–बुटवल सडक योजना कार्यालयले चाइना स्टेट कन्स्ट्रक्सन कम्‍पनीसँग ठेक्का तोड्ने तयारी गरेको छ । तयारी स्वरूप स्टेट कन्स्ट्रक्सनलाई कार्य सुधारको र कार्य गतिको लागि अन्तिम मौका दिएर सूचना जारी गरेको छ ।

नारायणगढ–बुटवल सडक विस्तारमा पटक–पटक ताकेता गर्दा पनि काममा ढिलाइ गरेपछि गत आइतबार नारायणगढ–बुटवल सडक योजना कार्यालयले कडा चेतावनीसहित सूचना जारी गरेको छ ।

१ सय ३३ किलोमिटर दूरी रहेको यस आयोजनाको आर्थिक वर्ष ०७५/७६ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको थियो । करार सम्झौताअनुसार निर्माणको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो।

तर, निरन्तर म्याद थप गर्दा पनि कार्यशैलीमा सुधार नगरेको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले कार्यसुधारको लागि यो अन्तिम मौका भएका बताए ।

‘धेरै पटक ताकेता गरिएको छ, अहिले सर्वसाधारणले धेरै दु:ख पाएका छन् । दसैँलाई लक्षित गरेर काम गर्न पनि भनियो केही सुधार देखिएको छैन’, उनले भने ‘अब अन्तिम मौका हाे । मेसिन र जनशक्ति बढाएर छिटो काम सक्नेतर्फ केन्द्रित नभए ठेक्का तोड्नैपर्ने हुन्छ ।’ सूचना अनुसार यो समय कात्तिक १ गतेसम्मको लागि दिइएको छ ।