नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको विमान ठोक्कियो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको विमान ठोक्कियो



काठमाडौं । नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान एक जनावरसँग ठोक्किएको छ ।

काठमाडौंंबाट छुटेको विमान बुधबार साँझ ७:०१ बजेतिर नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्याैपानेले बताएका छन् ।

अवतरणका क्रममा धावन मार्गमा एक जनावरसँग ठोक्किएको डीएसपी न्यौपानेले जानकारी दिए । उनकाअनुसार चालकदलसहित सबै यात्रु सकुशल छन् ।

विमानस्थलमा ल्यान्ड गर्ने क्रममा विमान सानो एउटा जनावरमा ठक्कर खाएर अवतरण भएको बताइएको छ । अलिकति विमानको अगाडिको नोज गेयरमा समस्या देखिएको बताइएको छ । त्यस्तो अप्रिय घटना केही नभएको डीएसपी न्यौपानले भने ।

विमान कुन जनावरसँग ठोक्किएको हो भन्ने प्रष्ट भइसकेको छैन । तर, विमान चालकले स्यालजस्तो देखिने जनावर भएको बताएको विमानस्थलमा खटिएका एकजना प्रहरी अधिकारीले बताएका छन् ।

धावनमार्गमा रगतसँगै ठोक्किएको जनावरको शरीरको केही भाग देखिएको थियो । पछि धावनमार्गलाई पानीले पखालिएको बताइएको छ ।