भारतमा पढेका सीएले नेपालमा मान्यता नपाउने ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

भारतमा पढेका सीएले नेपालमा मान्यता नपाउने !



 

हिमालपोष्ट/ काठमाडौँ, २८ आषाढ

नेपालको चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा सीए अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ ।

आइक्यानले २०७५ साउन १ गतेदेखि लागू गरी यस्तो निर्णय गरेको हो । जसअनुसार, अब एकवर्षपछि भारतमा पढेका सीएले नेपालमा मान्यता पाउने छैनन् । हालसम्म दुई देशबीचका संस्थाबीच एकअर्का देशमा पढेका सीएलाई मान्यता (म्युचुअल रिकग्निसन) दिने प्रचलन रहेको छ । तर, भारतीय चार्टर्ड एकाउन्टेन्सी संस्था (आईसीएआई) ले नेपालमा पढेका सीएलाई मान्यता नदिएपछि आइक्यानले पनि भारतका पढेका सीएलाई मान्यता नदिने निर्णय गरेको हो ।