हातपात गरेको भन्दै क्याम्पस प्रमुखले दिए सह लेखापाल विरुद्ध जाहेरी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हातपात गरेको भन्दै क्याम्पस प्रमुखले दिए सह लेखापाल विरुद्ध जाहेरी



कैलाली । घोडाघोडी नगरपालिका -१ मा रहेको राष्ट्रिय कलेज सुखडका क्याम्पस प्रमुख कर्ण प्रसाद भण्डारीले आफुमाथी हातपात र गाली गलोच गरेको अभियोगमा सोहि कलेजका सह लेखापाल विष्णु विकको नाममा इलाका प्रहरी कार्यलय सुखडमा जाहेरी दर्ता गरेका छन् ।

१५ गते साझ आफु कलेजमा काम गरिरहेको अवस्थामा एक्कासी आफनो कार्यकक्षमा आएर सह लेखापाल विकले तथानाम गालिगलोच गर्दै आफुमाथि हातपात गरेको भन्दै कलेजका क्याम्पस प्रमुख भण्डारीले इलाका प्रहरी कार्यलय सुखडमा जाहेरी दर्ता गराएका हुन ।

सहलेखपाल विकमाथि सार्वजनीक ऐन अनुसारको सजाएका लागी मंगलबार जाहेरी दर्ता गराइएको प्रध्यापक भण्डारीले बताएका छन ।

इलाका प्रहरी कार्यलय सुखडका प्रहरी प्रमुख हरिशरण भट्टले कलेजका सह लेखपाल विक आफुहरुको सम्पर्कमा नआएको बताए । उनले भने, सह लेखापाल बिष्णु जि को नाममा जाहेरी परेको छ । उहाँ अहिले सम्पर्कमा आउनु भएको छैन । सम्पर्कमा नआउदा अब उहाँको खोजी कार्य सुरु गर्छौं ।’

त्यस्तै राष्ट्रिय कलेजका प्रध्यापक भण्डारीकाबाट आफ्नो ज्यान असुरक्षीत रहेको भन्दै गएको १५ गते सोमबार घटना भएको दिन विहानै स्वयं विष्णु विक इलाका प्रहरी कार्यलय सुखडमा उपस्थीत भइ आफ्नो ज्यान असुरक्षीत रहेको भन्दै प्रध्यापक भण्डारीका नाम ठाडो निवेदन समेत दर्ता गराएको प्रहरीले जनाएको छ ।