प्रकाशनमानलाई फकाउन चाक्सीबारी पुगे नेताहरू - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रकाशनमानलाई फकाउन चाक्सीबारी पुगे नेताहरू



काठमाडौं । सभापतिको साझा उमेदवार तय गर्न जुटेका नेताहरू प्रकाशनमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । उनीहरू प्रकाशनमानलाई मनाउन त्यहाँ पुगेको बताइएको छ ।

नेपाली कांग्रेसको महाधिवेशनको अघिल्लो दिनसम्म पनि सभापतिमा साझा उम्मेदवार तय गर्न नसकेको संस्थापन इतर समूहका केन्द्रीय सदस्यको भेलाको निष्कर्ष लिएर तीन नेता प्रकाशनमान सिंहको निवास चाक्सीबारी गएका छन् ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको भेलाले प्रकाशमान सिंहलाई पनि सहमतिमा ल्याउन महेश आचार्य, बलवहादुर केसी र अर्जुन नरसिंहलाई जिम्मा दिएको हो । प्रकाशमान सिंहबाहेक अन्य नेता भेलाको निर्णय अनुसार अघि बढ्न तयार छन् ।

सिंहले सभापतिमा दाबी छाडेका छैनन् । भेलाको निष्कर्ष सार्वजनिक नगरिए पनि देउवालाई परास्त गर्न संस्थापन इतर पक्षबाट एउटै उम्मेदवार बन्नुपर्ने र अहिलेको अवस्थामा रामचन्द्र पौडेललाई अघि सार्ने तयारी रहेको एक नेताले बताए ।