प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारीले बाजी मारे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारीले बाजी मारे



गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका छन् ।

हजार बढी मतले भण्डारीले जित निकाल्दा ज्ञवाली भने स्तब्ध भएका छन् । लगातार यहि क्षेत्रबाट चुनाव जितिरहेका ज्ञवाली यसपटक झिनो मतले पराजित हुन पुगेका छन् ।

यसअघि सोही क्षेत्रबाट निर्वाचित ज्ञवाली र भण्डारीको यो चौथो प्रतिस्पर्धा हो ।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी रहेको छ। ज्ञवाली ०५६ देखि सो क्षेत्रमा निरन्तर चुनाव लडेदै आएका छन् भने भण्डारी ०६४ देखि लड्दै आएका छन् । भण्डारी ०७० मा एकपटक निर्वाचित भएका थिए ।

निर्वाचन आयोगले केही बेरमा भण्डारीलाई प्रमाणपत्र दिने तयारी गरेको छ ।