होस गर्नुहोस !चर्को आवाजले बहिरोपन निम्तिन सक्छ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

होस गर्नुहोस !चर्को आवाजले बहिरोपन निम्तिन सक्छ



काठमाडौँ, फागुन २१ गते ।

अनियन्त्रित सवारी साधन, बढ्दो सहरीकरणका साथै बढ्दो जनसङ्ख्याले ध्वनि प्रदूषण बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।  बढ्दो ध्वनि प्रदूषण र ध्वनि प्रदूषणका कारण हुने बहिरोपनाको न्यूनीकरण गर्ने उद्देश्यले ‘ध्वनि प्रदूषणलाई कम गरौँ र बहिरोपनबाट बचौँ र बचाऔँ’ भन्ने नाराका साथ शुक्रबार मनाइएको विश्व श्रवण दिवसको अवसरमा ध्वनि प्रदूषण बढ्दै गइरहेको बताइएको हो ।

हरेक वर्ष मार्च ३ मा मनाइने विश्व श्रवण दिवस नेपालमा भने पहिलो पटक मनाइएको हो ।  वीर अस्पतालका नाक, कान, घाँटी विभागका प्रमुख प्राडा. ढुण्डीराज पौडेलले ध्वनि प्रदूषण बढाउन औद्योगिकीकरणसँगै बढ्दो सवारी चाप र साँगुरा सडकका कारणले जनसङ्ख्याको चाप रहेका राजधानीका केही स्थानमा पैदा हुने गरेको ध्वनि प्रदूषणको मात्रा बढ्दै गएको जानकारी दिनुभयो ।  नेपाल बहिरोपन निवारण समितिका संयोजकसमेत रहनुभएका पौडेलले चर्को आवाजले उत्पन्न हुने बहिरोपन स्थायी हुने सम्भावना रहने तथा त्यसको उपचार सम्भव नहुने बताउनुभयो ।

डा. पौडेलले चर्को आवाजबाट सिर्जित बहिरोपनबाट व्यक्तिलाई बचाउन सकिने बताउनुभयो ।  उहाँले नेपालमा १६ प्रतिशत व्यक्ति कुनै न कुनै प्रकारको बहिरोपनबाट पीडित रहेको जानकारी दिँदै बहिरोपनका ५० प्रतिशत कारणको रोकथाम गर्न सकिने बताउनुभयो ।
विश्व श्रवण दिवसका अवसरमा काठमाडौँको भृकुटीमण्डपबाट विभिन्न जनचेतनामूलक ¥यालीसहित माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत भएको थियो ।  ¥यालीमा चिकित्सक, स्वास्थ्य मन्त्रालयका प्रतिनीधिलगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।