चौथो वर्षका विधार्थिले अनाथ आश्रममा सहयोग - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

चौथो वर्षका विधार्थिले अनाथ आश्रममा सहयोग



 हिमाल पोष्ट / सागर गौतम बुटवल ,मंसिर १३ ।

न्यु लाईट क्याम्पस तिलोत्तमा-५ रुपन्देहीमा बि बि एस चौथो वर्षमा अध्ययनरत बिधार्थीहरु द्वारा तिलोत्तमा ७ मणिग्राम स्थित अनाथ तथा असहाय महिला कल्याण समाज आत्मशान्ती अनाथ आश्रमलाई सहयोग गरिएको छ ।

आफुभन्दा कम भाग्यमानीको सेवा गर्नु नै मानव जिवनको मुल धर्म हो भन्ने भावना बोकेर  विधार्थिहरुद्वारा आज एक औपचारिक कार्यक्रम गरी सहयोग रकम अनाथ तथा असहाय महिला कल्याण समाज आत्मशान्ती अनाथ आश्रमकी अध्यक्ष मैनादेबी भण्डारीलाई हस्तान्त्रण गरिएको थियो ।

सहयोग कार्यक्रममा बोल्दै न्यु लाईट क्याम्पसका क्याम्पस प्रमुख रमेश ज्ञवालिले गरिब तथा अनाथ अपाङ्गहरुको सेवा गर्ने उद्देश्य लिएर अगाडी बढेको भन्दै बिधार्थीहरु प्रती आभार ब्यक्त गर्नुका साथै यस्ता कार्यक्रममा युवा पुस्ताबढी अग्रसर हुन आवश्यक रहेको बताउनु भएको थियो ।

उता उक्त अनाथ आश्रमकी प्रुमख संरक्षक तथा अध्यक्ष मैनादेवी भण्डारीले बिधार्थीहरु द्वारानै यस्तो सहयोग पाउदा बिधार्थी हरुप्रती सरहानिय ब्यक्त गर्नु भएको थियो भने न्यु लाईट क्याम्पस बि बि एस चौथो वर्षका बिधार्थिले गरेको यो शुभ कार्यबाट अरु क्याम्पसका विधार्थिले पनि पाठ सिक्न जरुर रहेको प्रस्ट्याउनु भएको थियो ।

त्यस्तै उहाँले आश्रमको बारेमा बोल्दै २०५३ सालमा आश्रम स्थापना भएको र २०६३ सालबाट बालबालिकाहरु राख्न थालिएको थियो र अहिले सम्म ३० जना बालबालिहरुले आश्रय लिईरसकेको बताउनु भयो । त्यस्तै उहाँले अहिले आश्रममा ५ हजार भन्दा बढि दान दिने दानविरहरुको रकम बैंकमा राखेर सोही व्याजबाट आएको रकमबाट आश्रम सञ्चालन हुदै आएको समेत स्पस्ट पार्नु भयो ।

कार्यक्रममा बिधार्थीहरु युबराज अर्याल,दिपु मगर र वर्षा ज्ञवालीले बोल्दै सुरुवात आफ्फै बाट गर्नु पर्छ भन्दै आफुहरु सहयोगी कार्यमा अग्रसर भएको र अपाङ्ग तथा अनाथहरु प्रति सहयोगी भावना सबैमा जागृत हुनु पर्ने बताएका थिए ।

सहयोग कार्यक्रमका संयोजक सरोज अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम मैनादेबी भण्डारीको संयोजकत्वमा एवं न्युलाईट क्याम्पस प्रमुख रमेश ज्ञवालिकोको धन्यवाद र सागर गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।