चेन्नईमा एक नेपालीको रेल ‘वर्थ’ मै मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चेन्नईमा एक नेपालीको रेल ‘वर्थ’ मै मृत्यु



हिमाल पोस्ट /चेन्नई,१४   ।

उपचारका लागि चेन्नई पुगी उपचार पश्चात् स्वदेश फर्किने क्रममा प्युठान नगरपालिका वाड नं.५ जुम्रीकाडा निवासी केशव सुनारको रेल मै मृत्यु भएको छ । ७४ वर्षीय केशव २५ नोभेम्बर २०१७ का दिन चेन्नईबाट लखनऊ एक्सप्रेसमा चढेका थिए ।

२६ नोभेम्बर २०१७ का दिन झासी र उरै रेलवे स्टेसनको बिचमा रेल मै निज केशव सुनारको रेलको सिटमै मृत्यु भएको रेल कर्मचारीहरुले बताएका छन् । मृतकका छोराहरू चेन्नईमा जागिर गर्ने हुँदा उनको उपचारका लागि चेन्नई बोलाएको र चेन्नईको मैलापुरस्थित सम्बात हस्पिटलमा उपचार गराउने क्रममा बिमारले धेरै नै ग्रसित बनाइसकेको हँुदा पुरै निको नहुने डाक्टरहरुले बताएका थिए ।

घरमा लगेर आराम गराउने र औषधी खाने डाक्टरहरुको सल्लाह अनुसार हस्पिटलबाट डिस्चार्ज गराएई स्वदेश हिंडालेको मृतक केशवका छोरा ऋषीराम सुनारले बताए । ३ भाइ छोराहरुको उपस्थिति र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सहयोगमा केशव सुनारको कानपुरमा दाहसंस्कार गरिएको छ ।

धनाबिर पुनको सहयोगमा