स्थायी कमिटीमा पेलिएपछि ओलीले डाके आफू निकटको छुट्टै बैठक - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

स्थायी कमिटीमा पेलिएपछि ओलीले डाके आफू निकटको छुट्टै बैठक



काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठकमा मध्यमार्गी लगायतका नेताहरूले फरक मत राखेपछि चेपुवामा परेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरूसँग छुट्टै छलफल गरेका छन् ।

स्थायी कमिटी बैठक सके लगत्तै अध्यक्ष ओलीले आफू निकट नेताहरूलाई बोलाएर छलफल गरिरहेका छन् । माधव नेपालले पार्टी विभाजन गरेर बाहिरिए पनि विधान महाधिवेशनबाट आफूले सोचेजस्तो प्रस्ताव पास नहुने देखेपछि उनले आफू निकटका नेताहरूलाई छलफलमा बोलाएका छन् ।

अध्यक्षको निजि निवास बालकोटमा ओलीले नेताहरुसँग छलफल गरिरहेका छन् । ओलीले छलफलमा आफू निकट नेताहरू लगायत माओवादी छोडेर एमालेमा लागेका नेताहरुलाई समेत बोलाएका छन् ।

सोमबार ललितपुरको च्यासलमा सम्पन्न भएको स्थायी कमिटीको बैठकले पार्टीको विधान महाधिवेशनका लागि बैठकमा पेस भएका तीनवटै प्रस्तावलाई केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गरेपछि तनावमा रहेका ओलीले यस्तो छलफल डाकेका हुन् ।

अध्यक्ष ओलीले पार्टीमा अझैपनि आफूले सोचेजस्तो हुन नसकेको निकट नेताहरूलाई बताउने गरेका छन् । त्यस्तै १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै उनी आलोचित हुने गरेका छन् । त्यतिमात्रै होइन विधान महाधिवेशनमा पनि ओलीले सोचेजस्तो प्रस्ताव पारित नहुने देखिएको छ ।

एक नेताका अनुसार स्थायी कमिटी बैठकमा भएका छलफल, देशको पछिल्लो राजनीतिक घटनाक्रमसहित पार्टीमा देखिएका पछिल्ला गतिविधिका विषयमा छलफल भैरहेको छ ।