चीनमा एक जनामा कोरोना भेटिएपछि पुरै सहर ठप्प - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

चीनमा एक जनामा कोरोना भेटिएपछि पुरै सहर ठप्प



चीनमा एकजनालाई कोरोना संक्रमण देखिएको समाचार पुष्टि भएपछि सिङ्गो शहरलाई ठप्प पारेर संक्रमण रोकथामको अनेक पहल गरिएको छ । तत्काल शहरमा सुरक्षा र चेकिङ बलियो बनाइएको छ भने स्वास्थ्यकर्मीहरुलाई तम्तयार अवस्थामा राखिएको छ ।

एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि चीनको छिङघाई प्रान्तको हाइदोङ्ग शहरमा सबैतिर सुरक्षा व्यवस्था कडा पारिएको हो । सुरक्षाकर्मीको चेकिङसँगै जताततै स्वास्थ्यकर्मीहरुको समेत उपस्थिति बढाएको छ ।

उनीहरुले सडकमै उभिएर सवारी साधनमा सवार शहरबासीको परीक्षण गरिरहेको देखिन्छ । धेरै सर्वसाधारणको उपस्थिति रहने तरकारी बजार र डिपार्टमेण्टल स्टोरमा समेत गएर मानिसहरुको विवरण र ट्र्याकिङ गरेको भिडियोमा देखाइएको छ ।