चीनमा कोरोनाको असर निकै घट्यो: २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

चीनमा कोरोनाको असर निकै घट्यो: २४ घण्टामा मृत्यु हुनेको संख्या शुन्य



एजेन्सी। कोरोना भाइरसको उद्गम चीनमा संक्रमण न्यूनीकरण हुँदै गएको छ ।

बुधबार चीनमा भाइरसको संक्रमणका कारण कसैको मृत्यु नभएको स्वास्थ्यकर्मीले स्पष्ट पारेका छन् । पछिल्लो २४ घन्टामा संक्रमण पनि १२ जनामा मात्रै भेटिएको उनीहरुले बताएका छन् ।

संक्रमण नरोकिएपछि इटलीले आजदेखि १० दिनका लागि देशभरि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको छ । सङ्क्रमणका कारण इटलीमा हालसम्म १ सय सात जनाको मृत्यु भइसकेको छ ।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले देशको स्वास्थ्यसेवा जोखिममा रहेको बताएका छन् । इटलीमा ३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।

सरकारले अब फिल्महल र नाट्यशाला तथा सार्वजनिक कार्यक्रममा पनि रोक लगाउने तयारी गरेको छ । चीन र हङ्कङ, जापान, इराक र यूएईले पहिले नै विद्यालयहरू बन्द गरिसकेका छन ।

फ्रान्सले प्रभावित क्षेत्रमा १ सय २० वटा विद्यालय बन्द गराएको छ । दक्षिण कोरियामा पनि संक्रमितको संख्या घटदो क्रममा देखिएको छ । हिजो २ सय ९३ जनामा मात्रै संक्रमण देखिएको छ ।

हालसम्म दक्षिण कोरियामा ५ हजार ६ सय २१ जनामा संक्रमण देखिएको छ भने ३५ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरिमा झन्डै ३ हजार २ सय जनाको मृत्यु भइसकेको छ । ९० हजार बढी मानिस सङ्क्रमित भएका छन् ।

बिरामी र मृतकको सर्वाधिक संख्या चीनमा छ । अहिलेसम्म ८१ देशमा सङ्क्रमण पुष्टि भइसकेको छ । चीनबाहिर इटली, इरान र दक्षिण कोरिया धेरै सङ्क्रमण पाइएको छ ।