काठमाडौंमा चुनाव केन्द्रित बृहत कार्यकर्ता प्रशिक्षण, प्रधानमन्त्रीले सम्बोधन गर्दै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

काठमाडौंमा चुनाव केन्द्रित बृहत कार्यकर्ता प्रशिक्षण, प्रधानमन्त्रीले सम्बोधन गर्दै



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले शनिबार (आज) बृहत् कार्यकर्ता भेला गर्दैछ ।

तिनकुनेस्थित रोयल बैंक्वेटमा हुने प्रदेश १ का अगुवा कार्यकर्ता भेलामा दाहाल–नेपाल समूहले कार्यकर्ता तहमा पुर्‍याएको भ्रम चिर्ने रणनीति एवं चुनाव केन्द्रित प्रशिक्षण दिन लागिएको बताईएको छ ।

भेलामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली‚ स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र शहरी विकासमन्त्री प्रभू साहको उपस्थिति हुने बताइएको छ ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि विभाजित बनेको नेकपाको दुबै समूह एकअर्काविरूद्ध उत्रिएका छन् ।

पुस ५ यताका समानन्तर बैठकले एकले अर्कालाई कारबाही गर्दै आफू नै आधिकारिक भएको दाबीसहित जनसभामा उत्रिएका छन् ।