एकपछि अर्को समस्यामा काङ्ग्रेस - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एकपछि अर्को समस्यामा काङ्ग्रेस



काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस भित्र एकपछि अर्को समस्या देखिएको छ । बिभिन्न सङ्गठनको नेतृत्व छान्न र बिबादमाथी बिबाद थपिएका बेला अर्को समस्यामा जेलिएको छ ।

उपनिर्वाचनमा संघ र प्रदेशतर्फका उम्मेदवार तय गर्न कांग्रेसमा सकस भइरहेको छ । उम्मेदवारी दर्ताका लागि एक साता मात्र समय बाँकी रहेका बेला कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन । उपनिर्वाचन मंसिर १४ गतेका लागि तोकिएको छ ।

यस्तोमा निर्वाचनको लागि उम्मेदवारले तयारी समेत गर्न नपाउने चिन्ता एकातिर छ भने सहि उम्मेदवार नपाउने चिन्ता अर्कोतिर । प्रतिनिधिसभाअन्तर्गत कास्की २ र प्रदेशसभामा भक्तपुर, बागलुङ र दाङमा एकएक निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।

निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता २१ गतेका लागि तोकिएको छ । कांग्रेस क्षेत्रीय समितिले विधानविपरीत ठूलो संख्यामा आकांक्षीको नाम केन्द्रमा पठाएपछि उम्मेदवार चयनमा ढिलाइ भएको बताइएको छ ।

कांग्रेस विधानमा प्रदेशसभा र प्रतिनिधिसभा उम्मेदवारका लागि प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।

प्रतिनिधिसभातर्फ कास्की २ बाट १६ जना आकांक्षीको नाम केन्द्रमा पठाइएको छ भने प्रदेशसभा सदस्यतर्फ भक्तपुरबाट १० जना, बागलुङबाट ४ र दाङबाट ११ जनाको नाम सिफारिस गरिएको छ ।