नेकपा एमालेको आधार क्षेत्रमा कांग्रेसको बिजयी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेकपा एमालेको आधार क्षेत्रमा कांग्रेसको बिजयी



२१ असार, झापा । नेकपा एमालेको आधार क्षेत्रका रुपमा लिइने झापाकाे गौरादह नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार रोहितकुमार साह  निर्वाचित भएका छन् । उनले १० हजार ३ सय ८ मत प्राप्त गरे ।

गौरादह एमाले सांसद् दिपक कार्कीको क्षेत्र हो । यसअघि उनले दुईपटक गौरादहको गाविस अध्यक्ष जितेका थिए । र, एमाले पकड क्षेत्रमा कांग्रेस पार्टीका लागि साहको विजय अप्रत्याशित नतिजासमेत बन्न पुगेको छ ।

साहका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मदन अधिकारीले ९ हजार ८ सय ५४ मत पाए ।

उपमेयरमा भने एमालेले जित निकालेको छ । १० हजार ६ सय २० मत ल्याउँदै एमालेकी उम्मेदवार गीता भेटवाल यहाँ विजयी भएकी हुन् ।

उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी उम्मेदवार सुमित्रा खरेल ढुंगानाले ७ हजार ९ सय ११ मत ल्याएकी छिन् ।अनलाईन खबर