व्यक्तिपिच्छे फरक हुन्छ कोरोना सार्ने क्षमता, कस्ता संक्रमित कति घातक हुन्छन ? - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

व्यक्तिपिच्छे फरक हुन्छ कोरोना सार्ने क्षमता, कस्ता संक्रमित कति घातक हुन्छन ?



एजेन्सी- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नयाँ प्रकारको भाइरस हुनाले यसको लक्षण, गतिविधि र रोकथाम अन्यौल रहेको छ । अनियन्त्रित भाइरस चीनको वुहान शहरबाट सुरु भई विश्वमा फैलिएको छ । यसको खोप निर्माणमा देशहरु तीब्र रुपमा लागि परेका छन् ।

महामारीको रुप लिएको कोरोनालाई नियन्त्रण गर्न देशहरु लकडाउनको अवस्थामा रहेको छ । लकडाउन सामाजीक दूरीको अभ्यास भएता पनि संक्रमण फैलिने क्रम भने निरन्तर उकालो लागिरहेको देखिन्छ । कस्ता प्रकारको रोग, कसरी काम गर्र्छ भन्ने विषय चिकित्सकका लागि भारी चुनौतीको रुपमा प्रस्तुत भएको छ ।

भाइरसले भने कुनै लक्षण नदेखाई व्यक्तिबाट सर्न सक्छ । यसकारण भाइरसले तीव्र रुप लिएको छ । भारतमा उक्त भाइरसले गति लिएपछि गरिएको अनुसन्धानहरु तीव्र रुपमा भइरहेको छ । भारतमा मात्र २ लाख भन्दा बढी केसहरु दर्ता भएको छ । जसमध्ये ८० प्रतिशत केसहरुमा कुनै लक्षण नभइ संक्रमित भएको भारतीय मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

नदेखिएको भाइरस तीव्र गतिमा फैलिँदा यसलाई साइलेन्ट स्प्रिडर अर्थात विस्तारै सर्ने नाम दिइएको हो । नदेखिने तरिकाले फैलिरहेको कोरोना विरुद्व गरिरहेको प्रयास अपुग भएको देखिन्छ र अन्योल रहेको भइरसको रोकथाम विरुद्वको प्रयास गलत समेत हुन सक्ने वैज्ञानिकहरुको भनाई रहेको छ ।

कस्ता प्रकारका मानिस बढी खतरनाक

लक्षण नेदेखिने मानिसको शरीरले भाइरसलाई शरीरमा लुकाउन र अरुमा सार्न सक्षम हुने गर्दछ । तर, लक्षण देखिएको कोरोना संक्रमित मानिसले भाइरस निकै प्रभावकारी ढंगले सार्ने सक्ने अनुसन्धानको भनाइ रहेको छ । कोरोना लक्षण देखिएको मानिसले नदेखिन मानिसको भन्दा तीन गुणा बढी घातक हुने गर्दछ ।

को हुन् कोरोनाको लक्षण नदेखिने बिरामी

कोरोना संक्रमण शरीरमा भएता पनि कुनै पनि लक्षण नदेखाउने मानिसहरु कोरोना लक्षण नदेखिने हुन्छन् । बिना चिकित्सक उनीहरुको लक्षणलाई पहिचान गर्न कठिन हुने गर्दछ । कोरोना लक्षण नदेखिने मानिसले आफ्नो कुनै जानकारी नभइ अरु मानिसमा संक्रमण फैलाइरहेको हुन्छ ।

लक्षण कस्ता प्रकारका मानिसमा देखिने सम्भावना बढी हुने गर्छ

लक्षण देखिएका मानिसहरुको शरीका प्रतिरक्षा प्रणालीको क्षमता कम हुने गर्दछ । शरीरमा भाइरस प्रवेश गर्नासाथ शरीर बिरामी हुने र लक्षण देखाउन सुरु गर्दछ । यसले अरु मानिसमा कुनै माध्यमबाट सार्न प्रभावकारी भूमिका खेल्दछ ।

हल्का, मध्यम र पहिलै लक्षण देखिने गरी तीन प्रकारका कोरोना भाइरस हुने गर्दछ । यसको सुरुवाती लक्षण भने कफ, श्वास प्रश्वासको कमी, टाउको दुख्ने, स्वाद र गन्ध थाहा नपाउनु, छातीमा समस्या आदि प्रकारका लक्षण उत्पन्न हुने गर्दछ ।

दूई मध्ये कुन बढी घातक

कुनै लक्षण नेदेखिने शरीरबाट भाइरसको जोखिम हुने सम्भावना बढी भएतापनि लक्षण देखिएकाले छिट्टै अरु मानिसमा सार्न सक्ने अनुसन्धानले जनाएको छ । लक्षण देखिएका मानिसले आफ्नो तरल पर्दाथको माध्यमबाट सजिलै भाइरसलाई अर्को मानिसको शरीरमा सार्न सक्ने छ ।

कोरोना भाइरसको कण कोठाको तापक्रममा करिब ९ दिन सम्म जीवीत रह्न सक्ने जनाइएको छ । संक्रमण मानिसले सोचे भन्दा बढी घातक रहेको अनुसन्धानले जनाएको छ ।

यस्ता मानिस बढी संक्रामक

तीन प्रकारले आक्रमण गर्ने भाइरसको सामान्य लक्षण मानिसमा देखा परे यसले कम मात्रामा सार्न सक्ने सम्भावना हुन्छ । अत्यधिक मात्रामा लक्षण देखिएको बिरामीले तीब्र गतिमा संक्रमण फैलाउन सक्ने खतरा देखिएको छ ।

अनुसन्धान के भन्छ ?

चीनको वुहान शहरमा रहेका झोँगन अस्पतालमा संक्रामक रोगेहरुको विभागमा गरिएको अनुसन्धानले कम लक्षण देखा परेका व्यक्तिहरुमा भाइरसको कण तीन देखि १२ दिन सम्म बस्ने गर्दछ भने घातक लक्षण देखा परेको व्यक्तिमा भाइरसको कण १६ देखि २४ दिन सम्म बस्ने गर्दछ । घातक लक्षण देखिएको मानिसले तीन गुणा बढी आक्रमक भइ अरु मानिसमा सार्ने गर्दछ ।

कति समय सम्म भाइरस टिक्छ

कोरोना भाइरस सार्सको प्रजातीको भाइरस भएको कारण यसले श्वास प्रश्वासमा समस्या निम्त्याउन गर्दछ । यसले कफ, श्वास प्रश्वासमा कमी को साथ ज्योरो आउने गर्दछ । शरीरमा रहेको भाइरसले १४ देखि २४ दिन सम्म आक्रामक हुने गर्छ । त्यसपछि उक्त व्यक्तिको सेल्फ आइसोलेशन र सामाजिक दूरीले संक्रमणको क्षमतालाई निर्धारण गर्छ ।