अब ५ मिनेटमै कोरोना सङ्क्रमण पत्ता लाग्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अब ५ मिनेटमै कोरोना सङ्क्रमण पत्ता लाग्ने



एजेन्सी – पछिल्लो समयमा अमेरिकामा पनि महामारीको रुपमा फैलिएको कोरोनाको परीक्षण अब छिटो हुने भएको छ ।

अमेरिकाको इलिनोयमा मुख्यालय रहेको एउटा ल्याब कम्पनीले ५ मिनेटमा कोरोना भाइरस पत्ता लगाउने प्रविधि विकाश गरेकाले यसको परीक्षण छिटो हुने भएको हो । यो प्रविधिलाई शुक्रबार स्वीकृति प्रदान गरिएको छ ।

एबोट नामको ल्याबले ५ मिनेटभित्र कोरोना पत्ता लगाउन सक्ने प्रविधिलाई स्वीकृतिप्राप्त भएको जनाएको छ । उक्त कम्पनीले आगामी सातादेखि स्वास्थ्य सेवा प्रदायकका लागि यो सेवा उपलब्ध गराउने जनाएको छ ।

इलिनोयको लेक बल्फको कम्पनी एबोटले हरेक दिन ५० हजारको टेस्ट गर्नसक्नेगरी उत्पादन गर्ने जनाएको छ । एफडीएले यो प्रविधिलाई आपतकालिन रुपमा स्वीकृति प्रदान गरिएको हो ।