दाउद इब्राहिमले ३ वर्षदेखि फोनमा कुरा नगरेको खुलासा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दाउद इब्राहिमले ३ वर्षदेखि फोनमा कुरा नगरेको खुलासा



एजेन्सी- भारतीय प्रहरीले भारतको ‘मोस्ट वान्टेड’ सूचीमा परेका दाउद इब्राहिमले पछिल्लो तीन वर्षदेखि फोनमा कुराकानी नगरेको जनाएको छ ।

प्रहरीका अनुसार सुरक्षा चुनौतीका कारण उनले फोनमा कुरा नगरेको हुनसक्ने प्रहरीको भनाइ छ । आफूसँग भएका प्रमाण र अनुसन्धानका आधारमा प्रहरी यस्तो निश्कर्षमा पुगेको हो । २०१६ नोभेम्बरमा दाउदको फोन रेकर्ड गरेको भारत प्रहरीले त्यसयता कुनै पनि फोन सम्पर्क पाएको छैन ।

त्यसबेला उनले आफ्ना सहयोगीसँग कराँचीबाट फोनमा बोलेको प्रहरीको भनाइ छ । साथै रक्सी पिएको अवस्तामा बोलेको हुनसक्ने बताइएको छ । प्रहरीका अनुसार फोनमा व्यक्तिगत कुरा गरेका दाउदको बोली लरबरिएको थियो ।

त्यसबेला उनी मुटुको बिमारबाट ग्रसित थिए । भारत प्रहरीले दाउदलाई पाकिस्तानमा लुकेर बसिरहेको बताउँदैआएको छ । भारतमा १९९३ को मुम्बइ बम हमलाका दोषी ठानिएका दाउद त्यसबेला नै भारत छाडेका हुन् ।