दिपक को जिन्दागी प्रदेशको भुमिमानै बित्ने भयो (भिडियो सहित ) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दिपक को जिन्दागी प्रदेशको भुमिमानै बित्ने भयो (भिडियो सहित )



सुबास कडेल / हिमाल पोष्ट , काठमान्डौ।

नेपाली गीत संगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि बाग्लुङका प्रेम सापकोटा (सोनु)र दिपक कँडेल नया गित बजारमा यति  सार्वजनिक गरेका छन ।

नेपाली संगीतआकाशमा उडान भर्दै युवा सर्जक तथा गायक प्रेम सापकोटा (सोनु) र दिपक कँडेलले नयाँ कोशेली बजारमा आएको छ।
बागलुङ जिल्ला विहुँमा जन्मीया र कामको शिलशीलामा जापान रहेका दिपक कँडेल स्रोता र दर्शकको यतिधेरै माया पाइएला भनेर अपेक्षा समेत गरेका थिएनन् ।

प्रदेशको भुमिमा आँफु र आँफु जस्ता लाखौ नेपालीले भोग्नु परेको पिडा समेटेर उनले पहिलो गीत हिरा मोती बजारमा ल्याए । त्यस पछि स्रोता र दर्शकको मायाले यस  क्षेत्रमा निरन्तर कलम चलेका छन्  ।  स्रोता तथा दर्शकको मन जित्नका निमीत्त फेरी अर्को कोशेली
‘प्रदेश तिरै गयो’ बजारमा सार्वजनिक गरेका छन ।
दिपक कँडेलको उत्कृष्ट शब्द,प्रेम सापकोटा(सोनु)को लय रहेको ‘प्रदेश तिरै गयो’ मा प्रेम सापकोटा (सोनु) र सुमधुर स्वरकी धनी गायीका देवी घर्तीले आवाज दिएका छन्।  गीतलाई दिपीका म्युजिक प्रालीले बजारमा ल्याएको हो ।
कडेल  अहिले  देश बिदेशमा जहाँ रहे पनि गीतसंगीत क्षेत्रमै रमाएका छन । उनी भन्छन् ‘न त संगीतलाई बिर्सन सक्छु , न त संगीत देखी भागेर बस्न सक्छु । मेरा लागि गीतसंगीत नै जीवन बनेको छ’ ।