देश बनाउने जिम्मेवारी हाम्रै काधमा छ-पोख्रेल « Himal Post | Online News Revolution
Logo

देश बनाउने जिम्मेवारी हाम्रै काधमा छ-पोख्रेल



रामजी ज्ञवाली

14997158_1335938573117408_2009887991_n
बालकृष्ण पोख्रेल ( होटल ब्यबासयी तथा इभेन्ट म्यानेजर )

हामी आज फरक विषयमा , फरक व्यक्ति र फरक धारमा रहेर कुरा गर्दैछौ। एकजाना त्यस्तो मान्छे जसले अप्रत्याशी सबैलाई चकित पर्ने काम गरेका छन्। लाग्ला , यो विषय कसरी अप्रत्याशीत भयो , तर दैनिक १७ सय नेपाली युवाहरू विदेश जादै गर्दा , दैनिकी आधा दर्शन नेपालीका सब बाकशमा पोको परेर फर्कदै गर्दा ती युवा जसले ती सबैको प्रतिनिधित्व गर्दै हामीलाई यसरी आफ्नो कुराकानी राख्न पुगे।

-हामीले सुरुमा उनलाई सोध्यौ तपाईँको हो ?
तपाईँलाई म उल्टै प्रश्न गर्न चाहन्छु ,आज काठमाडौँको यो बिहानी जाडोमा कफी खादै गर्दा के सोच्दै हुनुहुन्छ ? ठिक छ , तपाईँ पत्रकार मान्छे , तपाईँलाई जवाफ दिन्छु । म एउटा नेपाली हु । नेपाललाई एकदमै माया गर्छु । सकेसम्म विदेश पलायन हुनुहुदैन, यदि विदेश गएको हुनुहुन्छ भने त्यहाको शिपलाई नेपाललाई र नेपाल आएर प्रस्तुत गर्नु भयो भने नेपालका लागी भलो हुनेछ । म यो चाहन्छु, सकेसम्म नेपाल नछोडौ । जे दुख गर्दैछौ गनेहो यदि माटोमा गरौँ । थाहा छ , रोजगार छैन , अवसर छैन र पनि बिदेशिछन युवा । तर हामी युवा कति सम्म ट्यालेन्ट छौ र के गर्न सकैदैनौ ? हामीले सबै गर्छु । नेपालको राजनीति बाटोलाई नै परिवर्तन गर्न सक्छौ । आज हामी ती नेताहरूलाई जिताएर मात्रै त पठायौ त्यस पछि कुनै आशा गरेकै छौ ? हो छैन र विकास हुनुपर्छ भन्छौ तर युवाको वृद्धि हो काचो हुन्छ भनेकै कुनै पनि कुरालाई निरन्तरता दिन सक्दैनौ चाडो प्रतिफल चहान्छौ। एउटा बच्चा जन्मनको लागि हामीले शहवास गरेको ९ महिना कुर्नुपर्छ , एउटा फल फल्नको लागि त्यो बोटमा फुल फुल्नैपर्छ। हामी युवा केही गर्नु पर्छ !

– तपाईँ यति धेरै आश्वासन दिनुभएको छ , तपाईँले चाही के दिनुभएको नेपाल र नेपालीलाई?

नयाँ बानेश्वर बाट पश्चिम संखमुल तर्फ बयापट्टि रानीमहल होटेल छ , त्यहाँको म सञ्चालक हु , जहाँ झन्डै २५ जना युवाहरूले रोजगार गरिरहेका छन्। यति मात्रै हैन , मैले नै दर्जनौ युवालाई अरू ठाउँमा रोजगारी दिलाएको छु र म सञ्चालक मात्रै हैन । म पनि दिनरात दु:ख गरेर केही परिवर्तन होस, भन्ने चाहना अनुसार काम गरिरहेकोछु । हो , हिजो निकै दु:ख पाएको र हण्डर खाएका युवा मध्ये म पनि पर्छ तर म हतोसहित छैन । यो होटलसंगै हामीले अरू केही ठाउँमा फरक खालको रिसोर्ट पनि खोल्दैछौ । यो सम्पन्न हुदासम्म सयौ युवाहरूले रोगगार नि पाउनेछन। म जस्तै केही सय युवाहरूले यस्तै काम गरेको खण्डमा दैनिकी १७ सय विदेशिनेहरुलाई रोक्न सक्छौ।

-र अन्त्यमा अब कसरी सम्भव हुन्छ यो सबै ?

म सानै देखि अध्ययनमा पनि अग्रस्थानमा रहेर अगाडी बढ्दै गएको युवा हु । तपाईँले भनेको कुराको उत्तर म अघि पनि दिएको छु । दु:ख गर्ने हो भने सुख पाउन कठिन छैन। म एउटा उदहारण मात्रै हु । म भन्दा बढी प्रगति गरेका , मैले जस्तै कार चढेर उच्च जीवन बाच्नेहरु काठमाडौँ लगायत देशमा धेरै युवा छन् । तर यो सबै कुरा एक्कासि पाएको होइन । करहि बढी परिश्रम र मेहनतले भएको हो । हामीले नेपाल बनाउन लागौ । हामीले चाहेको एउटा समृद्ध राष्ट्र हाम्रै जिबनकालमा बन्नेछ । हामीले चाहेको उच्च जीवन पनि केही वर्षमा पाउन सक्छौ ।