देउवाले भने, 'घर फर्किने जनतालाई सरकारले तत्काल व्यवस्था गर्नुपर्छ' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

देउवाले भने, ‘घर फर्किने जनतालाई सरकारले तत्काल व्यवस्था गर्नुपर्छ’



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीबाट घर जाने जनतालाई तत्काल घर जाने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

देउवाले भनेका छन्, राजधानीबाट घर जाने ति जनताहरुलाई तत्काल गासवासको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु ।

सभापति देउवाले शुक्रबार ट्‍विटमार्फत राजधानीबाट सयौं किलोमिटर हिँडेर घर गइरहेकाहरुको दर्शकमात्रै बनेको आरोप लगाएका छन् ।

उनले लेखेका छन्, काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका छन् । सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो । तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन।