'छन्द कवितामा युगबोध' विषयक भलाकुसारी बुटवलमा सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

‘छन्द कवितामा युगबोध’ विषयक भलाकुसारी बुटवलमा सम्पन्न



हिमाल पोस्ट /बुटवल ,भदौ २४ 

छन्द अभियन्ता  डा. देवी नेपाल सँग रूपन्देही र आसपासका जिल्लामा रहेर विशेष छन्द साहित्यमा कलम चलाउने लेखक  र छन्द अनुयायीहरु बीच शनिवार भलाकुसारी सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेपालले अहिले युगमा आएर शास्त्रीय छन्द बिच लडाई हुनु कुनै अर्थ नरहेको बताएका थिए  ।उनले ०७३  सालको मदन पुरस्कार र पद्मश्री पुरस्कारको कुरा जोड्दै  कवितामा यो र त्यो भन्दा पनि केहि फरक कुरा आजको युगले मागेको  बताए ।

नेपालले  बि स १८२६ देखि सुहानन्द दासले सुरुवात गरेको छन्दको लेखन, मध्यकालमा लक्ष्मिदत्त पन्त, धरणिधर कोइराला लगाएतले गणतन्त्रको आवाज उठाएको र  लेखनाथ पौडेल, लक्ष्मिप्रसाद देवकोटा युद्दप्रसाद मिश्र साथै बि स २०२०तिर मोदनाथ प्रश्रृतको मानव महाकाब्यमा नारी चेतना , पञ्चायत कालमै मदन भण्डारीले लेखेका कविताले राजालाई खवरदारी कुरा पनि बताएका थिए ।

छन्दबादी समाजले आयोजना गरेको उक्त कार्यक्रममा वरीष्ठ कवि रामचन्द्र भट्टराई, प्रा डा.हिरण्यलाल ज्ञवाली, दिल साहानी, देबेन्द्र घिमिरे ,ऋषिकेशव भारद्वाज लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा  केही छन्द कविहरु सागर के सी, अर्जुन सर, कविता रिजाल ,रमेश समर्थन, नारद गौतम लगायतले रचना वाचन पनि गरेका थिए साथै वरिष्ठ समालोचक ऋषि आजाद ,माधव गौतम ,कृष्ण पाण्डे ,अधिबक्ता एवंम विश्लेषक  तेजप्रसाद कंडेल , युगिन साहित्य समाजका  यज्ञ न्यौपाने,श्रीजनशील साहित्य समाजका पुर्व अध्यक्ष्य तेज प्रसाद पन्त , रामचन्द श्रेष्ठ ,लक्ष्मीप्रसाद घिमिरे ,आदिको उपस्थिति रहेको थियो ।

स्काई टेक्निकल ईन्शिच्युट मिलनचोकमा  भएको उक्त कार्यक्रम केन्द्रीय सदस्य चन्द्रकान्त डुम्रेको अध्यक्षता  र  प्रमुख संरक्षक एवं कार्यक्रम संयोजक कविराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

-कृष्ण घिमिरे “गाउँले”को सहयोगमा