देवरद्वारा भाउजुको गोली हत्या - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

देवरद्वारा भाउजुको गोली हत्या



हिमाल पोष्ट / दाङ, १९ मङ्सिर । गोली प्रहार गरी आज साँझ दाङमा एक महिलाको हत्या भएको छ ।

दाङको त्रिपुर–३ निवासी विक्रम थापाले आफ्नै भाउजु पूर्णा थापाको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताव सिंहले बताउनुभयो ।

साँझ ५ः३० बजेको समयमा उनको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि एक जनालाई पक्राउ गरेको छ भने मुख्य अभियुक्त थापा फरार रहेकाले खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । रासस