चुनावी चेकजाँचमा धादिङबाट गोली सहितको पेस्तोल, घरेलु हतियार र नगद सहित ६ जना पक्राउ - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

चुनावी चेकजाँचमा धादिङबाट गोली सहितको पेस्तोल, घरेलु हतियार र नगद सहित ६ जना पक्राउ



बैसाख, ३० धादिङ
स्थानिय चुनावको मौन अवधिलागु भएपछिको प्रहरी चेकजाँचका क्रममा शनिवार पनि ६ जना ब्यक्ती पोस्तोल सहितको गोली, खुकुरी र नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिगं खनियाबास गाउँपालिका–५ सत्यदेवीका २६ वर्षीय युल तामाङ र २७ वर्षीय जयकुमार तामाङ र यसैगरी त्रिपुरासुन्दरी गाउँपालिका–३ का २४ वर्षीय उत्तम अधिकारी, २४ वर्षीय प्रचित अधिकारी, २२ वर्षीय प्रकाश थापामगर र ३० वर्षीय नवीन थापा रहेका छन् ।

युल तामाङ र जयकुमार तामाङ को साथबाट युएसए पेस्तोल एक थान, यसको गोली तीन थान र खुकुरी एक थान र नगद रु ४१ हजार ७०० रुपैंया र उत्तम अधिकारी, प्रचित अधिकारी, प्रकाश थापामगर र नवीन थापाबाट घरेलु हतियार तीन थान खुँडा धादिगं प्रहरीले बरामद गरेको छ ।

स्थानिय निर्वाचनको मौन अवधि लागु भएपछि पनि देशका बिभिन्न स्थानमा यसको पूर्ण पालना नभएको पाईएको छ । मौन अवधिकै क्रममा शुक्रबार र शनिबार विभिन्न जील्लाका चुनावी प्रचारमा रहेकाहरुबाट   हातहतियार सहित पक्राउ परिरहेका छन् भने, कतिपय स्थानमा अनौपचारिक रुपमै भएपनि चुनाव प्रचार प्रसारमा नेता कार्यकर्ता लागिरहेको भेटिएको छ ।