आउँदा दिनहरू थप कठिन बन्नेछन् : स्वास्थ्यमन्त्री ढकाल - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आउँदा दिनहरू थप कठिन बन्नेछन् : स्वास्थ्यमन्त्री ढकाल



काठमाडौँ – कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले नेपालका लागि आउँदा दिन थप चुनौतीपूर्ण हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७३ औँ विश्व स्वास्थ्य सम्मेलनलाई भिडियो मार्फत सम्बोधन गर्दै उनले कोरोना भाइरसविरुद्धको अभियानमा सबै संयन्त्र परिचालन गरी काम गरिरहेको बताए । तर पनि साधन स्रोतको कमी रहेको र संक्रमण बढ्दो क्रममा रहँदा चासो र चिन्ता थपिएको उनले बताए ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि डब्लुएचओले गरेको प्रयासको प्रशंसा गरेका मन्त्री ढकालले नेपालसहितका देशहरुका लागि अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक रहेको बताए । कोरोना भाइरसले कुनै पनि जात, रंग, पेशा वा वर्गका भनेर नछोड्ने भन्दै उनले विश्वव्यापी एकीकृत प्रयासमा जोड दिए ।

मन्त्री ढकालले सम्बोधनको क्रममा कोरोना भाइरसविरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर खटिएका सबैलाई धन्यबाद पनि दिएका थिए ।